सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्नेभएको छ ।
सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएको जनाएको छ । सूचना प्रकाशित भएको दिनदेखि सैनिक पोसाक गैरसैनिक व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने जनाएको छ ।
नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोशाक बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो ।
प्रशासनले सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएपछि यहाँका व्यापारीले आफूले बिक्रीका लागि ल्याएका सैनिक पोशाक तथा लुगा फिर्ता पठाउन थालेका दिपायल पिपल्लाका व्यापारी तथा स्थानीय खडक कुँवरले बताए । पछिल्लो समय यहाँका ग्रामीण क्षेत्र तथा बजारमा रहेका युवाले बढी जसो सैनिक पोशाक अर्थात् क्यामोफ्लाइज कपडा प्रयोग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु