मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

शनिबार, २१ मङ्सिर २०७६, १५ : ३०
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं ।आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएको छन् । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लागेका हुन् । 

नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्नुहुने ओशोधारा सङ्घ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए । 

आगामी पुस ७ देखि १२ गतेसम्म बुटवलको मङ्गलापुरमा रहेको ‘ओशो भिलेज’मा बृहत् ‘अजपा तथा चैतन्य समाधी’ कार्यक्रमको आयोजना गरिएको छ । 

कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो सङ्ख्यामा भारतीय साधकसाधिकाको पनि सहभागिता हुने बताइएको छ । ओशो सिद्धार्थ औलियालगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको सङ्घले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच, बुद्धपुरुष ओशोको जन्मजयन्तीको अवसर पारेर ओशोधारा सङ्घ नेपालले सप्ताहव्यापी ध्यान तथा अन्तरक्र्रिया गरिरहेको छ । 

साप्ताहिक रुपमा राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीलगायतसँग ध्यान, प्रेम र उत्सवका बारेमा अन्तरक्र्रिया गरिने सङ्घका संयोजक आचार्यश्री ओशो महेन्द्रले बताए । यही मङ्सिर २५ गते ओशोको जन्मोत्सव विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । 

ओशो जन्मोत्सव पारेर सो दिन नेपालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ । 

घर, परिवार, समाज त्यागेर मात्रै आध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, समाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेका थिए ।

 मानव जीवन समस्याबाट गुज्रिरहेको र ध्यानले मात्र ती समस्या समाधान गर्छ भन्ने ओशोको मुलमन्त्रलाई  उनका अनुयायीले विश्वभर अनुसरण गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप