सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ
जनकपुर । धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडीसहित यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।
पक्राउ परेका यादवका साथबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको धनुषाका सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले बताए ।
साइकलमा सवार भइ भारत तर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट सुन र चाँदी बरामद भएको उनले बताए ।
साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
-
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
-
चर्चामा शिक्षामन्त्रीको टालेको सर्ट
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी