शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारले खुलाए क्यानाडाको पासपोर्ट लिनुको कारण

शनिबार, २१ मङ्सिर २०७६, १७ : ४१
शनिबार, २१ मङ्सिर २०७६

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफूले भारतीय पासपोर्टको लागि आवेदन दिएको जानकारी दिएका छन् । 

भारतीय संचारगृह हिन्दूस्तान टाइम्सको आयोजनामा भएको नेतृत्व समिटमा शुक्रबार अक्षयले यसको जानकारी दिएका हुन् । 

त्यस क्रममा उनले पटक पटक आफूसँग राष्ट्रियताको प्रमाण मागिँदा पीडा हुने बताए । 

‘मैले भारतीय पासपोर्टको लागि आवेदन दिएको छु । म एक भारतीय हूँ । मेरी श्रीमती र बाल–बच्चा पनि भारतीय हुन् । म यहीँ देशमा कर तिर्छु र मेरोे जिन्दगी यहीँ बित्यो । जब मलाई मेरो राष्ट्रियताबारे प्रश्न गरिन्छ र प्रमाण खोजिन्छ तब मलाई निक्कै पीडा हुन्छ । ’

कसरी लिएका थिए क्यानडाको नागरिकता ?
अक्षयसँग क्यानाडाको नागरिकता छ । यसको कारणले उनले कयैन पटक व्यङ्ग्य र आलोचनाको सामना गर्नुपरेको छ ।  

समिटको दौरान अक्षयले आफूले कसरी क्यानडाको नागरिकता प्राप्त गरे त्यसबारे पनि बोले । 

उनले भने ,‘ एक समय मेरो एक पछि अर्को गरेर १४ फिल्महरु फ्लप भए । त्यसपछि म आफ्नो भविष्यलाई लिएर चिन्तित हुन थालें । त्यो समय क्यानडामा बसिरहेका मेरो एक जना नजिकका साथीले मलाई क्यानडा जाने र काम गर्ने सल्लाह दिए । मैले क्यानाडाको पासपोर्टको प्रक्रिया शुरु गरें । त्यो समय मलाई मेरो फिल्मी करियर अन्त्य भएको जस्तो भान भएको थियो । तर १५औं फिल्म सफल भयो र मैले पछि फर्केर हेर्नु परेन । त्यसपछि मैले आफ्नो पासपोर्ट बदल्नेबारे कहिले पनि सोचिनँ ।’

अक्षय कुरमारले अहिलेसम्म १५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यो वर्ष हालसम्म उनले ‘केसरी’, ‘मिशन मंगल’ र ‘हाउसफुल ४’ गरेर तीन फिल्म प्रदर्शनमा आइसकेका छन् । यी तिन वटै फिल्म बक्स अफिसमा हिट भए । 

उनको आगामी फिल्म ‘गुड न्यूज’ डिसेम्बर २७ मा सार्वजनिक हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप