शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अप : सिटीलाई युनाइटेडको झड्का, उपाधितर्फ लम्कँदै लिभरपुल

आइतबार, २२ मङ्सिर २०७६, ०९ : १०
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडसँग स्तब्ध बनेको छ । शनिबार राती सम्पन्न प्रिमियर लिगको खेलमा सिटी २–१ गोल अन्तरले पराजित बनेको हो ।

हारसँगै साबिक विजेता सिटीको उपाधि रक्षाको ठूलो धक्का लागेको छ । १६ खेलपछि सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १४ अंकले पछि परेको छ ।

युनाइटेडलाई जित दिलाउन युनाइटेडका लागि मार्कस रासफर्डले २३ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे । २९ औँ मिनेटमा एन्थोनी मार्सियालले दोस्रो गोल गरे ।

खेलको अन्त्यतिर निकोलास ओटामेन्डीले सिटीका लागि गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र बन्न पुग्यो ।

जीतपछि युनाइटेड २४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । सिटी भने लिगको तेस्रो स्थानमा सिमित छ ।

उता, लिभरपुल भने लिग उपाधितर्फ लम्किएको छ । लिगमा अराजित यात्रा कामय राखेको लिभरपुलले शनिबार राति बर्नमाउथलाई ३–० गोलले हरायो । वर्नेमाउथको घरेलु मैदानमा लिभरपुल एकपक्षीय खेल प्रदर्शन गरेको थियो ।

लिभरपुलको जितमा ओक्सालेड चेम्बर्लिनले ३५औं मिनेटमा खाता खोले । उनले जोर्डन हेन्डरसनको लामो पासमा गोल गरेका थिए । नाबी केइटाले ४४औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

मोहमद सलाहले ५४औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सजिलै जिताए । जितसँगै शीर्ष टोली लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टरसिटीमाथि ११ अंकको अग्रता लिएको छ । लिभरपुलले १६ खेलबाट ४६ अंक बनाएको छ । लेस्टरको ३५ अंक छ । लिभरपुलसँग हारेको बर्नमाउथ १६ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीलाई एभर्टनको नमिठो झड्का लागेको छ । एभर्टनको घरेलु मैदानमा खेलिएको खेलमा चेल्सी ३–० गोलले पराजित भयो । हारसँगै २९ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । १७ अंक बनाएको एभर्टन १४औं स्थानमा उक्लिएको छ । अर्को एकपक्षीय खेलमा टोट्टनहामले बर्नलीलाई ५–० गोलले हरायो । जितसँगै २३ अंक बनाएको टोट्टनहाम छैटौं स्थानमा छ । १८ अंक बनाएको बर्नली १३औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप