मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चिट्ठामा जितेकाे ६ करोडले खेत किने, खन्ने क्रममा माटोको भाँडाभित्र भेटे सय वर्ष पुरानो खजाना

आइतबार, २२ मङ्सिर २०७६, ०९ : २९
आइतबार, २२ मङ्सिर २०७६

भारतको केरलका ६६ वर्षका बी. रत्नाकर पिल्लईले गत वर्ष क्रिसमसमा ६ करोड भारु चिट्ठामा जितेका थिए । उक्त पैसाले उनले खेत किने । खेत नजिकै थियो पुरानो कृष्ण मन्दिर । पिल्लईले उक्त खेतमा सख्खरखण्डको खेती सुरु गर्ने निधो गरे । मंगलबार खेत खन्ने बेला उनले माटोको भाँडोमा गाडिएको अवस्थामा राखिएको खजाना भेटे ।

पिल्लईले उक्त भाँडोभित्र दुई हजार ५ सय ९५ वटा सय वर्ष पुरानो सिक्का भेटे । सिक्काको तौल २० किलो चार सय ग्राम छ । सबै सिक्का तामाका हुन् जो त्रावणकोर साम्राज्यका हुन् । यद्यपि, यसको मूल्य अहिले नै पत्ता लाग्न सकेको छैन । यसलाई सफा गर्न ल्याब पठाइएको छ । सफा भएपछि विशेषज्ञले यसको मूल्य निर्धारण गर्ने भारतीय संचार माध्यमले बताएको छ ।

सन् १८८५ देखि १९४९ सम्म त्रावणकोरको शासन रह्योः

सिक्का त्रावणकोरका दुई महाराजाको शासनकालको क्रममा चलनमा थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप