बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिन ‘स्टार्ट’ भएकै अवस्थामा चालक ओर्लिदा बस खोलामा खस्यो, एक जनाको मृत्यु

आइतबार, २२ मङ्सिर २०७६, १० : १७
आइतबार, २२ मङ्सिर २०७६

लमजुङ । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बसमा ९–१० जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी आफैँ गुड्न थालेपछि ओर्लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप