शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपचार नपाएकी कमलाको लागि आर्थिक सहयोग जुट्दै, बुटवल पठाइयो

आइतबार, २२ मङ्सिर २०७६, ११ : ३९
आइतबार, २२ मङ्सिर २०७६

राधिका भुसाल

प्यूठान । लामो समयदेखि आर्थिक अभाव हुँदा स्वास्थ्य उपचार नपाएकी कमला परियारको लागि केही रकम उपचार खर्च जुटेको छ ।

प्यूठान नगरपालिका–८ का वडा अध्यक्ष लिलाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी, छिमेकी मिठु पुरी र जगत महतराको पहलमा नगरपालिकाबाट १५ हजार, मरन्ठाना निवासी हाल साउदीमा कार्यरत सूर्य बहादुर केसीबाट १० हजार र वडावासी तथा स्थानिय छरछिमेकीबाट ६ हजार ४ सय ७५ रुपैया गरी  ३१ हाजर ४ सय ७५ उपचार खर्च जुटेको हो ।

उक्त रकम शनिवार पीडित कमलालाई हस्तान्त्रण गरिएको छ । उपचार गर्ने रकम उपलब्ध हुंदा साथ वडा अध्यक्ष केसीको पहलमा एम्बुलेन्स सेवा निःशुल्क गराइ अञ्चल अस्पताल बुटवल पठाइएको हो । 

प्यूठान नगरपालिका ८ खप्रेङखोला जुकेपानी निवासी ३६ वर्षे कमलाको शरीरको पुरै भाग सुन्निए पछि ओछ्यान मै थला परेकी थिइन् । ‘एक्कासी खुट्टाबाट सुन्निन सुरु भएको हो,’ कमलाले भनिन्, ‘अहिले त पेट पनि फुलिएको छ, अन्य सबै ठाउँ र टाउको समेत सुन्निएको छ ।’ 

पूरै शरीर सुन्निएको एक हप्तापछि जिल्ला अस्पताल विजुवार पुगेको बताउँदै  केही दिन औषधी सेवन गरेको बताइन् । स्वास्थ्य अवस्थाका केही सुधार नआएपछि जिल्ला अस्पताल विजुवारका डाक्टरहरुले जिल्ला बाहिर लगेर उपचार गर्न सुझाव दिएको उनको भनाइ छ । 

तर, आर्थिक अवस्था नाजुक भएका कारण घरका थला परेर बस्नु परेको उनले बताइन् । ‘धन सम्पत्तिको नाममा सानो झुपडी बाहेक केही छैन,’ पीडित कमलाले भनिन्, ‘ज्यान सान्चो भए त मजदुरी गरेर पनि छोरा छोरीको लालन पालन गर्थे ।’  दुइ छोरा र तीन छोरीको आमा पीडित कमला आफ्नो २ वर्षे छोराको साथमा हाल माइती घरमा आश्रय लिएर बस्दै आएकी छिन् ।

सुरुका दिनदेखि हरेक किसिमको सहयोग गर्दै आएकी छिमेकी मिठु पुरीले भनिन्, ‘पैसाको अभावमा उपचार नपाएर अकालमै कोही मर्नु हुदैन, सहयोग उठाएरै भएपनि उपचार गराउनु पर्छ ।’ आर्थिक रुपले विपन्न परिवार भएको हुँदा मानवताको हिसावले सबैले सक्दो गरी कमलाको उपचारमा सघाउन आग्रह समेत गरिन् ।

पीडितका बुबा राम बहादुर परियारले आफ्नो छोरी बचाउनका लागि अहिलेसम्म सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै थप उपचारका लागि सबैले आर्थिक गरिदिन आग्रह समेत गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप