पाल्पामा टिप्पर दुर्घटना, सहचालकको मृत्यु
आइतबार, २२ मङ्सिर २०७६, १६ : ३१
बुटवल । पाल्पाको निस्दी गाउँपालिका ३ धार्केसिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउले वनतर्फ आउदै गरेको प्रदेश न.३०–१–००–३ क ४४५६ न. को टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको ज्यान गएको हो । टिपर चालक सुर्खेत शिवालय गाउँपालिका का ३८ वर्षका दिलबहादुर थापा गम्भीर छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । स्टेरिङ फेल भएर सो दुर्घटना भएको हो । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै