शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रशुले जितिन् किड क्विन नेपालको उपाधि

आइतबार, २२ मङ्सिर २०७६, १८ : ०४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । ‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगिता रशुले २१ जना प्रतियोगिलाई पछि पार्दै उपाधि हात परेकी हुन् । कार्यक्रममा रशुले नगद १० हजार सहित बिभिन्न विभिन्न उपहार समेत प्राप्त गरिन् ।
 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७ औं संस्करणको उक्त प्रतियोगितामा रोशिका लामाले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृष्मा ढुंङ्गानाले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् ।
 
नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
 
सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, मार्शल आर्टका गुरु अशोककुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे तथा व्यवसायी रोशन सायमी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप