‘संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनुपर्ने’
विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्र्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिए । ।
उनले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राखे।
भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गरे ।
उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुुसार एक वर्षको म्याद थप हुुने र आगामी २०७७ फागुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ