शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालयको बैठक सोमबार १ बजे बस्ने

आइतबार, २२ मङ्सिर २०७६, २१ : ४६
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । सोमबार बिहान नौ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकको समय परिवर्तन भएको छ । यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्णय गरेको थियो । 

सचिवालयका सदस्यहरुको समयलाई  ख्याल गर्दै समय परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए ।

सोमबारको बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले सोमबारै मत्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले सोमबार ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री ओली अस्वस्थ भएपछि झण्डै दुई सातायता मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप