बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनवरी १ मा भ्रमण वर्ष उद्घाटनका लागि ४० राष्ट्रका मन्त्रीलाई निम्तो

आइतबार, २२ मङ्सिर २०७६, २२ : ०६
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । सरकारले जनवरी १ मा आयोजना हुने नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निम्तो पठाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली दूतावास रहेका विभिन्न ४० मुलुकका समकक्षीलाई निम्तो गरिएको जानकारी दिएका हुन् । जनवरी १ मा भव्य रुपमा भ्रमण वर्ष उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए ।

सरकारले विदेशमा समेत भ्रमण वर्ष उद्घाटन कार्यक्रम आयोजना गर्दैछ । गैरआवासीय नेपालीहरुको सहकार्यमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्ष उद्घाटन हुनेछ ।

विदेशमा भने जनवरी १ मा सार्वजनिक बिदा हुने भएकाले जनवरी ७ मामात्र उद्घाटन कार्यक्रम हुने जनाइएको छ ।

उद्घाटन स्थलका रुपमा पहिलो रोजाई त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परेको छ । हालै पुननिर्माण सम्पन्न भइ दक्षिण एसियाली खेलकुद प्रतियोगितकाका विभिन्न खेल आयोजना भएको रङ्गशालामा उद्घाटन समारोह आयोजना गर्नेगरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । कारणवस्, रंगशालामा कार्यक्रम आयोजना गर्न नमिलेमा विकल्पका रुपमा टुँडिखेल लगायतका स्थान छनोट हुन सक्ने जनाइएको छ ।

भ्रमण वर्ष उद्घाटनका लागि सातवटै प्रदेशमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना हुने छ । प्रदेशहरुले आफ्नो अनुकुल समयमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम आयोजना गर्नेछन् । प्रदेश पर्यटनमन्त्रीको अध्यक्षतामा रहेको समितिले सम्बन्धित प्रदेशमा भ्रमण वर्ष उद्घाटन कार्यक्रमको मिति र स्थान तय गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप