बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता बनेका इलाम बास्केट संघका अध्यक्षको शव फेला

आइतबार, ०४ भदौ २०७४, १५ : ३६
आइतबार, ०४ भदौ २०७४

इलाम । छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । 

पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दिए। 

व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाइए पनि शव फेला नपरेपछि खोलाले बगाएको दुई दिनपछि नै कुशको शव बनाएर आचार्यको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप