शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा

आइतबार, ०४ भदौ २०७४, १५ : ४७
आइतबार, ०४ भदौ २०७४

दक्षिण अफ्रिका। दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन् । 
गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुग्नु भएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो । 

उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्नु हुँदा ठूलो होहल्ला हुन गएको थियो । यस घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन् । 

उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेसका सदस्य हुन् । राजिनामा पत्रमा उनले आफ्नो गैह« जिम्मेबार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमायाचना गर्नु भएको जनाइएको छ । 

आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उनले स्विकार गर्नु भएको छ । मन्त्रीपदबाट राजिनामा दिए पनि उनले संसद् सदस्यता भने त्याग गर्नु हुने छैन । 

उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तब्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिएको एक विज्ञप्तिमा जनाइएको छ । 

साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काँग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ‘ठीक कार्य गरेकोू ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन् । 

महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो । 

अदालतमा पाँचहजार दक्षिण अफ्रिकी ¥यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त भएका थिए । 

आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाई हुने भएकाले यस दिन उनी अदालतमा उपस्थित हुनु पर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप