शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियामा यस्तो छन् शपिङ मल र स्टोर्स, यी तस्बिर सायदै देख्नुभएको होला

आइतबार, ०४ भदौ २०७४, १६ : ००
आइतबार, ०४ भदौ २०७४

उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमका लागि चर्चामा भएपनि यहाँको वास्तविक क्रान्ति शहर बजारमा देखिएको छ । यहाँका सपिङ मल र डिपार्टमेन्टल स्टोरका तस्बिर सार्वजनिक भएका छन् । यहाँ स्मार्टफोन, सफ्ट ड्रिङ्क्स र बियरदेखि सबै विलासी सामान देख्न सकिन्छ ।

किम जोंग उनको शासनकालमा देशको अर्थतन्त्रमा तीब्र परिवर्तन भइरहको छ । बजार र स्टोर्स मानिसले भरिएको देख्न सकिन्छ । पछिल्लो मे महिनामा गरिएको पञ्च वर्षीय योजना अनुसार उत्तर कोरियाको कारखानाका लागि उत्कृष्ट दैनिक जीवनका लागि चाहिने सामग्रीका लागि नयाँ गाइडलाइन्स तय गरिएको छ ।

उक्त घोषणापछि म्यानेजरलाई कस्ता सामान तयार गर्ने र कसरी पार्टनरशिपलाई नाफामा परिवर्तन गर्ने भन्ने बारे निर्णय गर्ने छुट दिइएको छ ।

उत्तर कोरियाको सक्सेज स्टोरीको सटिक नमूना सोन्ग उन प्योल हुन् जो पोतोंगग्याङ्ग डिपार्टमेन्ट स्टोरकी म्यानेजर हुन् ।

सन् २०११ मा किम सत्तामा आएपछि सोन्गले सरकारद्वारा संचालित डिपार्टमेन्ट स्टोर सम्हाल्न सुरु गरिन् । उक्त स्टोरमा सुँगुर, गाइको मासु, दुग्धजन्य पदार्थ, दैनिक उपभोग्य वस्तु उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप