बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग हारेपछि खड्काको राजीनामा

सोमबार, २३ मङ्सिर २०७६, १५ : ३०
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । सागमा नेपालको महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । 

फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । 

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । ‘हामीले जुन उद्येश्यले तयारी गरेका थियौं । सागमा स्वर्ण जिताउने योजना सफल हुन सकेन । यसको जिम्मेबारी लिँदै मैले राजीनमा दिन चाहन्छु,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप