बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस युनिभर्स बनेकी तुन्जी भन्छिन्, ‘मेरो जस्तो छाला भएकालाई कहिल्यै सुन्दर मानिदैन थियो’

सोमबार, २३ मङ्सिर २०७६, १६ : २९
सोमबार, २३ मङ्सिर २०७६

एजेन्सी । स्वीमसुटदेखि इभिनिङ गाउनजस्ता चरण पार गर्दै मिस साउथ अफ्रिका जोजीबिनी तुन्जी मिस युनिभर्सको अन्तिम चरणमा प्रवेश गरिन् । र, अन्तिममा उनलाई आफू किन मिस युनिभर्सका लागि सही छनौट हो भनेर व्याख्या अन्तिम मौका दिइयो ।

‘म यस्तो विश्वमा हुर्किएँ जहाँ म जस्तो देखिने, मेरो जस्तो छाला र कपाल भएको महिलालाई कहिल्यै सुन्दर मानिएन,’ उनले अन्तिम प्रश्नको जवाफ दिँदै भनिन्, ‘मलाई लाग्छ आज यो अन्त्य हुने समय भएको छ । म चाहन्छु स–साना बालबालिकाहरुले मलाई हेरुन्, मेरो अनुहारलाई हेरुन् अनि उनीहरुको अनुहारको प्रतिबिम्ब मेरो मुहारमा पाउन् ।’

उत्तरसँगै उनले मिस युनिभर्सको उपाधि जितिन् ।

जर्जियाको एट्लान्टामा आइतबार टाइलर पेरी स्टुडियोमा आयोजित उक्त ब्युटी पेजेन्टमा पहिलो पटक अफ्रिकाकी अश्वेत महिलाले उपाधि हासिल गरेकी हुन् । उनी एक अभियन्ताको रुपमा सक्रिय छिन् र लैङ्गिक हिंसा अन्त्यका लागि विशेष रुपमा काम गरिरहेकी छिन् । तुन्जीका लागि प्राकृतिक सुन्दरता पनि महत्वपूर्ण छ । उनी भन्छिन्, ‘महिलाहरुले आफू जस्तो छन् त्यसैमा खुसी हुनुपर्छ ।’

त्यसपछि उनले लगाइरहेको लामो बाहुला भएको टल्किने गाउन माथिबाट मिस युनिभर्स लेखिएको सास लगाइयो । त्यसपछि लगाइयो मिस युनिभर्सको ताज । मिस फिलिपिन्स र सन् २०१८ की मिस युनिभर्स क्याट्रियोना ग्रेले उनलाई ताज पहिराउँदा उनी केही भावुक पनि बनिन् ।

यो वर्षको ताजलाई ‘एकताको शक्ति’ नाम दिइएको छ । यो ताज १८ क्यारेट सुन र १ हजार ७ सय ७० वटा हिरा जडान गरेर बनाइएको हुन्छ । ताजको बीचमा ६२.८३ क्यारेट तौल भएको सेन्टरपिस स्टोन पनि जडित छ ।

मिस मेक्सिको र मिस पुएर्टो रिको क्रमशः रनर अप बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप