कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए
सोमबार, २३ मङ्सिर २०७६, १७ : ४५
एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
उपगृहमन्त्री जनरल खोशाल सदातले गर्नु भएको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताउनु भएको रहिमीले जानकारी दिए । सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट गरेका छैनन् ।
काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ