सिद्धार्थ बैंकको “सरल एसएमई कर्जा”, यस्ता छन् सुविधा
काठमाडौं– सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।
बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको छ ।
सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरू यस्ता छन् ।
–पुर्व भुक्तानी शुल्क नलाग्ने
–चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा
–१० वर्षसम्मको आवधिक कर्जा
–निःशुल्क क्रेडिट कार्ड, एसएमई अलर्ट, इन्टरनेट बैंकिङ्ग तथा मासिक खाता विवरण
–लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट
साना तथा मझौला व्यवसाय देशको अर्थतन्त्रको मेरूदण्ड भएकोले सिद्धार्थ बैंकले आफूलाई यस क्षेत्रमा अग्रणी भुमिका खेल्नको लागि प्रतिवद्धता स्वरूप यो योजना ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत