बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेमकिपाले बुझायो भारतीय दूतावासमा ज्ञापनपत्र

सोमबार, २३ मङ्सिर २०७६, १९ : ४५
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेश गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौरस्थित भारतीय राजदूतावासमा बुझाएको हो । सोमबार दिउँसो लैनचौरस्थित खानी विभागबाट ¥याली सुरु गरी दूतावाससम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो । त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ ।

नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताए । सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप