शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले सागमा पदक विजेता खेलाडीका लागि ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्ने

सोमबार, २३ मङ्सिर २०७६, २० : ५६
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) विशेष सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने बताएका हुन्  । 

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई ‘प्रोत्साहन प्याकेज’को घोषणा समेत गर्ने सदस्य सचिव शिलवालले जानकारी दिए । यसअघि सरकारले सागका स्वर्ण पदक विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख सहित सम्मान गर्दै आएको छ ।

सदस्य सचिव शिलवालका अनुसार यो पटक भने राखेपले सागको पुरस्कार राशीमा ठूलो मात्रामा वृद्वि गर्ने तयारी गरेको छ । भोलि ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा प्रमुख अतिथी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुने छन् ।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने सदस्य सचिव शिलवालले बताए । समापन कार्यक्रमअघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुने छ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिणतर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।

समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम  १ घण्टाको हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप