शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साग सफलता पुर्वक सम्पन्न गरेर सबैलाई चकित बनायौँ : अध्यक्ष श्रेष्ठ

सोमबार, २३ मङ्सिर २०७६, २१ : ०४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिएका छन् ।

सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको प्रतिक्रिया दिए ।

प्रतियोगिता सुरु हुनु १ महिना अघि आएको प्राविधिक टोलि लगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका ब्यक्त गरेको बताए । तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तिन छक्क परेको बताए । 

साथै साग प्रतियोगिताको सफलता पुर्वक सम्पन्न भएकोमा समेत सबैले प्रसंसा गरेको बताए । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिदै जाने बताए ।

१३ औं साग प्रतियोगिता मंगलबार एक बिशेष कार्यक्रमका बीच सकिँदै छ । यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतिक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ ।

१३औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ ।

यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरुमा प्रयोग गर्न सकिन्छ ।  यसरि आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप