शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण सुडानका सभामुखद्वारा राजीनामा

सोमबार, २३ मङ्सिर २०७६, २२ : ०९
सोमबार, २३ मङ्सिर २०७६

जुबा । सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन् ।  कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाईँमा अवरोधक भएको आरोप लगाउदै राजिनामा गर्न सांसदहरूले दवाब दिएका हुन् ।   

स्थानीय सञ्चारमाध्यमहरूले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दवाब दिइएको हो । 

उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ ।  सांसदहरुले उनका विरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि उनले राजिनामा दिनु परेको हो ।

‘मैले सत्तारुढ दल एसपीएलएम पार्टीको नेतृत्वको आग्रह अनुसार राजीनामा दिएको हुँ,’ दक्षिण सुडान रेडियोलाई सोमबार दिएको अन्तर्वार्ताका क्रममा उनले भने । 
 
दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई बर्ष अगाडिदेखि गृहयुद्धमा फसेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप