नेकपाको नयाँ कार्यदिशा : वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादतर्फ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्य्दिशा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हुँदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद र कार्य्दिशाः समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो ।
मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्य्दिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन