रामचन्द्रलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने–बाबुरामसँग ज्ञान छ, बुद्धि छैन
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग ज्ञान भएपनि बुद्धि नभएको टिप्पणी गरेका छन् ।
आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘बाबुरामजीलाई सबै कुराहरु बनाउने ज्ञान छ । तर कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन । बन्दु, खुकुरी सबै बनाउने ज्ञान छ तर कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन ।’
उनले रामचन्द्र झा पनि बाबुराम जस्तै भएका हुन् कि भन्ने आफूलाई लागेको भएपनि फर्किएर आउँदा खुसी लागेको बताए । उनले ठट्यौली शैलीमा भने, ‘ अर्का बिद्धान (झा) पनि उही बिद्धानको पछि लाखेर हैरान पारेका थिए तर ज्ञान रहेछ । फर्केर आए ।’
उनले बाबुराम, किरण र विप्लव सबै माओवादी फर्किनुको विकल्प नरहेको भन्दै आफैं सकिएर जाने चेतावनी दिए ।
उनले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा राजपा सहभागि हुने समेत दाबी गरे ।
सो पार्टी प्रवेश कार्यक्रममा झासहित रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत माओवादीमा फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी