आज जोर नम्बरका सवारीमात्र चल्न पाउने
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको छ ।
यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् । यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ । यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू हुनेछैन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै महाशाखाले सागको समापन समारोह र फुटबलको फाइनल खेल हेर्न पाल्ने टिकट काटेका सम्पूर्ण दर्शकहरुलाई दशरथ रंगशालाको मूल गेट प्रयोग नगरी नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न आग्रह गरेको छ । त्यस्तै, आफ्नो सवारीलाई काठमाडौँ अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न पनि अनुरोध गरेको छ ।
फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री भइसकेको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ । भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको हो । मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै