शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागले मुलुकको अर्थतन्त्रमा बहार

मङ्गलबार, २४ मङ्सिर २०७६, ०८ : १७
मङ्गलबार, २४ मङ्सिर २०७६

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।

 नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।

देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् ।

सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् । 

सरकारको साढे ३ अर्ब खर्च गरेको छ भने  निजी क्षेत्रको पनि करोडौं लगानी गरेको छ । सागमा पोखरामा मात्रै ४० करोडको कारोबार बढाएको छ । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । यो समाचार आजको कारोबार दैनिकमा दीनानाथ बरालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप