शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले ५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै, प्रवेश परीक्षाको आवेदन फाराम खुला (सूचनासहित)

मङ्गलबार, २४ मङ्सिर २०७६, ०८ : २३
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले प्राविधिक एसएलसी र र ढिप्लोमा तहका लागि ५ सय ४० जनालाई छात्रवृत्ति दिने सूचना सार्वजनिक गरेको छ ।  सिटिइभिटीले प्राविधिक शिक्षा अध्ययनका लागि विशेष छात्रवृत्ति अन्तरगत विपन्न, दलित र मुस्लिम समुदायका ५ सय ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउन लागेको हो । 

सिटिइभिटीले दिने छात्रवृत्तिमध्ये २ सय ८० जनालाई प्राविधिक एसएलसी अर्थात् टि एसएलसी र २ सय ८० जनालाई प्रविणता प्रमाणपत्र अर्थात् डिप्लोमा तहमा निशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्ति दिन लागेको हो । 

सिटिइभिटीले जारी गरेको सूचना अनुसार डिप्लोमा तहमा नर्सिङ, फार्मेसी, फरेष्ट्री, सिभिल इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ, होटल म्यानेज्मेण्ट र पशु विज्ञान अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो । डिप्लोलमा तहमा अध्ययनका लागि प्रत्येक विषयमा ४० कोटा निर्धारण गरिएको छ । 

त्यसैगरी प्राविधिक एसएलसीतर्फ कुलिनरी आर्ट, भेटनरी जेटिए, प्लण्ट जेटिए, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ गरी प्रत्येक विषयमा ४० जनाको दरले अध्ययनका लागि छात्रवृत्ति पाउँनेछन् । 

क–कसले निवेदन दिन पाउँछन् ?

सिटिइभिटीमा छात्रवृत्तिका लागि आवेदन दिनका लागि भने शैक्षिक योग्यता र प्राप्ताङ्क मापदण्ड बमोजिम नै हुनुपर्नेछ ।  डिप्लोमा इन नर्सिङ अध्ययनका लागि महिलाहरुले मात्रै फारम भर्न पाउँनेछन् भने त्यसका लागि पुरानो पाठ्यक्रमलाई आधार मान्दा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा एसएलसीमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ । 

त्यसैगरी डिप्लोमा तहकै अन्य कार्यक्रमका लागि भने अङ्ग्रेजी, गणित र विज्ञान विषयमा उत्तीर्ण भएको हुनुपर्नेछ । नयाँ पाठ्यक्रमका आधारमा भने डिप्लोमा इन नर्सिङ र डिप्लोमा इन फार्मेसीका लागि एसइइई परीक्षामा अङ्ग्रेजी, गणित र विज्ञानमा कम्तीमा सी ग्रेड र समग्र ग्रेड जिपिए २ ल्याएको हुनुपर्नेछ । 

त्यसैगरी डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र जिओमेटिक्स इञ्जिनियरिङका लागि विज्ञान र गणितमा कम्तीमा सी र अङ्ग्रेजीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।  त्यस्तै पशु विज्ञान र वन विज्ञान अध्ययनका लागि विज्ञान, गणित र अङ्ग्रेजीमध्ये कुनै दुई विषयमा कम्तमिा सी ग्रेड र कुनै एक विषयमा कम्तीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । 

होटल म्यानेज्मेण्ट अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै प्राविधिक एसएलसी अध्ययनका लागि जुनसुकै विषय अध्ययन गर्नुपरे पनि कम्तीमा एसइई परीक्षामा इ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

आफ्नै प्रदेशमा मात्रै फारम भर्न पाइने
यसपटक सिटिइभिटीको छात्रवृत्तिमा फारम भर्नका लागि नागरिकता लिएको वा स्थायी बासस्थान भएको प्रदेशमा मात्रै फारम भर्ने र परीक्षा दिन पाइने छ । 

मंसिर २९ गतेबाट फारम खुल्ने

सिटिइभिटीमा छात्रवृत्ति प्राप्ति गर्नका लागि मंसिर २९ गतेबाट फारम उपलब्ध हुनेछ । मंसिर २९ गते आइतबारबाट खुल्ने फारम एक महिना अर्थात् पुषको २८ गतेसम्म भर्न पाइनेछ । परीक्षा भने माघको २८ गते हुनेछ ।  छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई सिटिइभिटीले निर्वाह भत्तावापत प्रतिमहिना ३ हजार ५ सय रुपैयाँ, यातायात खर्चबापत प्रतिवर्ष १ हजार ५ सय र पोसाक भत्तावापत प्रतिवर्ष २ हजार ५ सय रुपैयाँ प्रदान गरिने सिटिइभिटीले बताएको छ । 

हेर्नुहोस्, पूरा सूचना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप