बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नलकटुवा पेस्तोलसहित १ भारतीय नागरिक पक्राउ

मङ्गलबार, २४ मङ्सिर २०७६, १६ : ४४
मङ्गलबार, २४ मङ्सिर २०७६

सर्लाही । बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  प्रहरीले भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप