शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया लघुवित्तले आइपीओ निष्काशन गर्ने

मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : १६
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । 

साथै मिति २०७६/०८/२३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

अध्यक्ष ढकालसँग आइसीआइसीआई बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलइटमा कार्य गरेको र हाम्रो विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ । 

ढकालले आजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप