‘हाम्रो पात्रो ’ सँगको साझेदारीमा भाइवरले शुरु गर्यो ‘हाम्रो राशिफल’
काठमाडौं – भाइवरले नेपालको पहिलो ग्रहफल च्याटबट ‘हाम्रो राशिफल’ शुरु गरेको छ ।
“लोकप्रिय एप ‘हाम्रो पात्रो ’ सँगको साझेदारीमा भाइवरले आफ्नो प्लेटफर्मभित्र ग्रहफल च्याटबट शुरु गरेको हो ।”दैनिक राशिफलको भविष्यवाणीको ग्राहक बन्नुका अतिरिक्त प्रयोगकर्ताहरुले यी सुविधाहरु पनि प्राप्त गर्नेछन् । विभिन्न राशिका भविष्यवाणीहरु जाँच गर्ने–हरेक दिन, साप्ताहिक, मासिक र वार्षिक एकपटक गर्नेछ । प्रत्येक विहान दैनिक राशिफल प्राप्त गर्नेछ र व्यक्तिगत राशिफल भविष्यवाणी प्राप्त गर्नेछ ।
२०७६ । लोकप्रिय म्यासेजिङ एप भाइवरले हाम्रो पात्रोसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबटको प्रारम्भ गरेकोछ, जुन प्रयोगकर्ताको आवश्यकता अनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त छ । नेपाली उपभोक्ताहरुले अब भाइवरको साथमा आफ्नो औंलाहरुमा राशिफल पाउन सक्नेछन् ।
तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटफर्मका उत्साही एवं उत्सुक प्रयोगकर्ताहरुलाई केही नयाँ अनुभव दिलाउन र वफादार आधार निर्माण गर्न चाहन्छ । भाइवरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडि ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखेको छ । भाइवर प्रयोकर्ताहरुले अब बिना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरुसँग शेयर गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।
सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने “नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो दैनिक गतिविधिहरुसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरु निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुटेन भाइवरसँग यो साझेदारी गर्न पाएकोमा र भाइवर एपमा देशभरका हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।”
सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुटेन भाइवरका सिनियर निर्देशक अनुभव नइयरले भने “ज्योतिष शास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा हो र हामी हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा हाम्रा नेपाली प्रयोगकर्ताहरुको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएका छौं ।
हाम्रो लागि नेपाल एक मुख्य बजार हो र यो पहलकदमीले हाम्रो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित छौ, हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं, जुन हाम्रा प्रयोगकर्ताहरुको लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्ताहरुलाई थप अर्थपूर्ण मुल्य ल्याउनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्