शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्णिम खुसियाली : दर्शकले दिए खेलाडीलाई राष्ट्रिय झण्डा उपहार

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ०८
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकूद (साग) को पुरुषतर्फको फुटबल फाइनलमा नेपालले भुटानलाई २–१ ले हरायो । मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको निकै रोमाञ्चक खेलमा सुरुवाती अग्रता नेपालले लियो । 

नेपालका लागि खेलको खेलको १६ औं मिनेटमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दवावमा देखिएको भुटान ३६ औं मिनेट भने खेलमा फर्कियो । भुटानका लागि छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका हुन् । 

उनको गोलसँगै पहिलो हाफमा बराबरी भएपनि दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि दुबै तर्फबाट गोल हुन नसकेपछि नेपाल विजयी भयो । 

दर्शकले खचाखच भरिएको रङ्गशालामा नेपालको पक्षमा चर्को हुटिङ भएको थियो । दर्शकलाई धन्यवाद दिँदै रङ्गशाला परिक्रमा गरेका खेलाडीलाई दर्शकहरुले सुखीयालीमा नेपालको राष्ट्रिय झण्डा उपहार दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप