शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो नेपाल  प्रहरी श्रीमती संघको ३३ औं वार्षिकोत्सव (फोटोफिचर)

आइतबार, ०४ भदौ २०७४, १७ : ४४
आइतबार, ०४ भदौ २०७४

काठमाडौं–    व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको  छ ।  उक्त समारोहको शुरुमा सभामुख घर्तीले पानसमा दिप प्रज्वलन गरी उक्त  उद्घाटन गरिन् । 

    उक्त अवसरमा सभामुख घर्तीले संघमा अनवरत रुपमा सेवा गर्दै विपत्तिमा समेत जनमुखी समाज सेवा गरेका  नेपाल प्रहरी श्रीमती संघका पूर्व अध्यक्ष एवं उपाध्यक्षहरुलाई ताम्रपत्र प्रदान गर्नुका साथै संघको मुखपत्र ‘सहचरी २०७४’ को विमोचन समेत गरिन् । 

    समारोहमा सभामुख घर्तीले सेवा नै धर्म हो भन्ने भावनालाई केन्द्रमा राख्दै सामाजिक सेवा, प्रकोपका बेला राहत वितरण, लागूऔषध दुव्र्यसनीको पुर्नस्थापना, असहाय तथा असक्तहरुको सेवामा संघले महत्वपूर्ण योगदान पु-याएको उल्लेख गर्दै ३३ वर्ष अगाडिदेखि नै महिला सशक्तिकरणको महत्वपूर्ण मञ्च प्रदान गरेकोमा प्रहरी संगठन र यसको नेतृत्वलाई धन्यबाद दिइन् ।

 


    सरोकारवाला निकायसँग छलफल गरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा जोड दिदै उनले  चाहेर पनि सरकारी निकाय पुग्न नसकेको अवस्थामा संघले त्यस्ता स्थानमा पुगेर गरेको सहयोग प्रभावकारी रहेको बताइन् ।


    उक्त अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र एवं प्रहरी विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् । 
    नितान्त सेवाभावले स्थापित संघले समाजसेवामा योगदान दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताए । 


 संघले संचालन गरेको आसरा सुधार केन्द्रले युवावर्गलाई सुधार गरी समाजमा स्थापित गराउने कार्यमा नमुना प्रस्तुत गरेको बताउँदै उनले  महिला सशक्तिकरणका कार्यले संघलाई थप सशक्त बनाएको उल्लेख गरे  । नयाँ सोच, दृष्टीकोण र रचनात्मक कार्यका साथ समाज सेवा गरेमा लक्ष्य हासिल गर्न सकिने कुरामा जोड दिर्दै उनले निस्वार्थ भावले निरन्तर समाजसेवामा लाग्नु विशिष्ट कार्य रहेको बताए । 


    समारोहमा धन्यवाद ज्ञापन गर्दैै संघकी अध्यक्ष श्रीमती सीमा अर्यालले संघले सामाजिक सेवा मार्फत उपलब्ध गराउने सहयोग केवल सहयोगमा मात्र नरही यसले कसैको जीवन स्वलम्बी बनाउन सकोस भन्ने मान्यता समाजमा स्थापित भएको चर्चा गर्दै  आगामी दिनमा समेत नयाँ क्षेत्र पहिचान गरी थप सक्रियताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । 


    उक्त अवसरमा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष, सैनिक श्रीमती संघका अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवं पदाधिकारीहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी विद्यालयका शिक्षक तथा बिद्यार्थी एवं आमन्त्रित अतिथिहरुको समेत उपस्थित रहेको थियो ।


    उक्त संघकी महासचिव श्रीमती रजनी भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप