साग समापन समारोहमा प्रधानमन्त्रीको भिडियो सन्देशः साग सफल र ऐतिहासिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् ।
सागको समापन समारोहको अवसरमा मंगलबार एक भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको सागमा खेलाडीको सहभागिता र पदकको हिसावले पनि नेपाललाई ऐतिहासिक सफलता मिलेको भन्दै सुखी व्यक्त गरे ।
‘सागमा पदकहरु यसवर्ष देशमै पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा साग सफल र ऐतिहासिक रुपमा सम्पन्न भएको छ’, ओलीले भने, ‘सागले दक्षिण एसियाली देश र जनताहरुबीचमा एकता, मित्रता अभिवृद्धि गरेको छ ।’
साग सफलतापूर्वक सम्पन्न भएकोमा संलग्न सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘काठमाडौँ, पोखरा र जनकपुरबाट खेल सञ्चालन गर्नु र समग्र सागको सुखद समापनमा आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्शमा यस सफलताका लागि योगदान दिनुहुने नेपाल लगायत सबै सहभागी देशका सरकार र खेलक्षेत्रका प्रशिक्षक र खेलाडीलाई धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्रीले खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यस्तै सागमा पदक जित्ने सबै नेपाली खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाइ तथा शुभकामना दिएका छन् ।
यसैबीच प्रधानमन्त्रीले बुधबार पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएका छन् । सो अवसरमा सरकारले खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने बताइएको छ । सागमा नेपालले ५१ स्वर्ण पदक जितेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै