बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा जंगली हात्तीको आक्रमणबाट एक बालकको मृत्यु

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ४३
मङ्गलबार, २४ मङ्सिर २०७६

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नपा ७ रामपुरका श्रवण महतोको १० वर्षीय छोरा रविन्द्र महतोको मृत्यु भएको हो । उनको सोमबार राती उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

बारीबाट आएको हात्तीले सुँडले आक्रमण गरी आँगनमा लछारपछार पारेर बालकलाई मारेको प्रहरीले जनाएको छ । हात्तीकै आक्रमणबाट गोलबजार नपा १० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  लामालाई थप उपचारको लागि धरान लगिएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ । 

हात्तीले सोमबार रातीनै गोलजबार नपा ३ मुसहर्निया लवटोलीका अशोक सदाय, बद्रि सदाय, रामचरित्र सदाय र दिलवर सदायको घर भत्काएको प्रहरीले जनाएको छ । सोही हात्तिले राती नै गोलबजार १० का जिवछ साहको घर समेत भत्काई दिएको छ ।

त्यस्तै हात्तीकै  अक्रमणबाट आइतबार राती लहान नपा १६ तरेगनाका रामभरोस महतोको काठ र बाँसले बनेको घर  समेत भत्काएको जनइएको छ । पछिल्ला दुई दिनयता सिरहाको चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ । प्रहरीले राती नै हात्तीलाई जंगलतर्फ धपाएको छ । हात्ती धपाए पनि स्थानीय आतंकित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप