शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘छपाक’ ट्रेलरमा दीपिकाको यस्तो रुप

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ४९
मङ्गलबार, २४ मङ्सिर २०७६

मुम्बई । अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘छपाक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । जसलाई केही युवकले एसिड अट्याक गर्छन् । 

१२ मिनेट १९ सेकेन्डको फिल्मको ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण रहेको छ । ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा समावेश एक डाइलग हो यो । फिल्ममा यस्ता मनछुने सम्वाद पनि छन् । 

फिल्मको अभिनय विषयमा दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि फिल्म राम्रो निस्कनेछ ।’ फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप