शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ५९
मङ्गलबार, २४ मङ्सिर २०७६

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ९ स्थित पशुपतिनगरमा सञ्चालित पशुपतिनगर उद्यम महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरु सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएका छन् । 

संस्थामा आवद्ध ३ सय ६ जना शेयर सदस्यहरुले हालसम्म २९ हजार १ सय ७२ लिटर दूध बिक्री गरेर १६ लाख ४ हजार ४ सय ६० रुपैयाँ आम्दानी गरेको जनाएका छन् । 

यसै वर्षको जेठ महिनादेखि सञ्चालनमा आएको सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दूध संस्थाले संकलन गरेर जनकपुर दुध बितरण आयोजना केन्द्र ढल्केवर मार्फत विक्री वितरण गर्ने गरेको छ । 

त्यसबाहेक संस्थाले दही, पनिर घिउ, मख्खन लगायत दूधबाट बनेका परिकार समेत उत्पादन गरी बिक्री गर्ने गरेको संस्थाकी व्यवस्थापक गीता कुमारी विकले जानकारी दिइन् । 

उनका अनुसार सदस्यहरुलाई फलफूल, तरकारी उत्पादन तथा विक्री बितरणमा केन्द्रीत गर्दै वचत र विमाको कार्यक्रम समेत संस्थाले सञ्चालन गरेकोे छ । 

यो सहकारीले उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा समेत संलग्न हुँदै  दर्जनौं महिलाहरुलाई रोजगारी दिन सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप