बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाधिवेशन स्थलमै पत्रकारको धर्ना

आइतबार, ०४ भदौ २०७४, १७ : ४५
आइतबार, ०४ भदौ २०७४

काठमाडौं – सदस्यता नविकण तथा स्वीकृति लगायतका बिषयलाई लिएर यसअघि धर्नामा बसेका पत्रकारले आफ्नो माग पुरा नभएको भन्दै पत्रकार महासंघको महाधिवेशन स्थलमै फेरि धर्ना सुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले नविकरण तथा सदस्यता स्वीकृति लगायतका बिषय उठाए यसअघि महासंघको केन्द्रिय कार्यालयमा तालावन्दी गरि आमरण अनसनमा बसेका थिए । 


अनसनमा बसेका पत्रकारले उठाएका मागका बिषयमा महासंघका पूर्व अध्यक्ष किशोर नेपाल र डा. सुरेश आचार्यको उपस्थितिमा महासंघका पदाधिकारीबीच सहमति भएपछि तत्कालिन अवस्थामा उनीहरुले अनसन स्थगित गरेका थिए । तर, अहिलेसम्म माग पुरा नभएको भन्दै पत्रकारले महाधिवेशन स्थलमै धर्ना सुरु गरेका हुन् । 
तत्कालिन अवस्थामा आमरण अनसनमा रहेका पत्रकार र महासंघ पदाधिकारीबीच पाँचथरका नयाँ सदस्यता तथा नविकरण शाखाले सिफारिस गरे वमोजिम स्वीकृत गर्ने, जिल्लामा व्यक्त असन्तुष्टी अध्यक्षले सम्वोधन गर्ने, इलाम शाखामा अधिवेशनलाई लिएर गरेको असन्तुष्टी आवश्यक संयन्त्र बनाई स्थानिय तहमा छलफल गरि असहमत पक्षको सहभागिता हुनेगरि एक महिनाभित्र समाधान गर्ने सहमति भएको धर्नामा बसेका पत्रकारले जनाएका छन् । 


यस्तै, त्यो समय ताप्लेजुङ शाखाको अधिवेसन प्रक्रिया संयन्त्रले अध्ययन गर्ने, सदस्यता शुद्धिकरणमा महासंघले संवोधन गर्ने र महासंघको तालावन्दी र आमरण अनसन तोड्ने सहमति भएको थियो । तर, अहिलेसम्म त्यो सहमति कार्यान्वयन नभएको भन्दे पुन अनसन सुरु गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप