बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब चितवनमा 'मट्का चिया'को स्वाद

मङ्गलबार, २४ मङ्सिर २०७६, १९ : २३
मङ्गलबार, २४ मङ्सिर २०७६

चितवन । काठमाडौंमा प्रसिद्धि पाईसकेको मट्का चियाको स्वाद अब चितवनमा पनि उपलब्ध हुने भएको छ । चियाको फरक स्वादसंगै खाजा, खानाका  विभिन्न परिकारका लागि पुर्वी चितवनको पर्साको खैरहनीमा ह्याङ्ग आउट रेष्टुरेन्ट संचालनमा ल्याइएको छ । युवा पुस्तामा रोजगारीका लागि विदेश मोह बढिरहेका बेला संचालक युवा निकेश बरालले यो रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । 

पर्साको खैरहनीमा रहेको म्याङ्गो जनज्योति हलको पहिलो तलामा रेष्टुरेन्टले आफ्नो सेवा शुभारम्भ गरेको हो । खाना तथा खाजा पारखीलाई नयाँ स्वादसंगै फरक अनुभुति गराउने उद्येश्यले रेष्टुरेन्टलाई फरक किसिमले सिंगारिएको छ ।

रेष्टुरेन्टलाई सिंगार्ने क्रममा जिर्ण सामग्रीहरुलाई रिसाईकल गरेर प्रयोगमा ल्याइएको छ । संचालक बरालले अन्य रेष्टुरेन्टको तुलनामा फरकपन दिन रेष्टुरेन्टलाई विशेष किसिमले डिजाइन गरेको बताए । 

रेष्टुरेन्टसंगै फिल्म हल पनि रहेकाले फिल्मसंगै विभिन्न भेज, ननभेज परिकारसंग एकै चोटी रमाउन पाउने अर्का संचालक राकेश केसीले बताए ।
 रेष्टुरेन्टले सेवा शुरुवातको प्रारम्भसँगै मंसिर २६ गते सम्म विशेष छुट प्रदान गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप