शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा स्वर्ण पदकबिहीन बन्यो भुटान, भारत पहिलो, नेपाल दोस्रो (पदक तालिकासहित)

मङ्गलबार, २४ मङ्सिर २०७६, २१ : ५५
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ । 

१० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ  बनेको छ । यस्तै उसले ४ कांस्य जितेको छ ।  समग्रमा सागमा दक्षिण एसियाली सदस्य राष्ट्रका देश भुटान र माल्दिभ्स कमजोर देखिएका छन् । 

यस्तै भारत भने सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ । उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ । 

यसैगरी दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो । 

यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ  भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ । 

यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ । 

१४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा गर्ने तय भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप