शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : यौन दुव्र्यवहार र भ्रष्टाचारदेखि सागको सानसम्म

बुधबार, २५ मङ्सिर २०७६, ०७ : ५३
बुधबार, २५ मङ्सिर २०७६

आज प्रकाशित मुख्य दैनिक पत्रिकाले सांसदमाथि हुँदै आएको भनिएको यौन दुव्र्यवहार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अगाडि बढाएको भ्रष्टाचार निवारण अभियान र मंगलबार सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)को सफलताका विषयमा सम्पादकीय लेखेका छन्  ।

कान्तिपुर दैनिकले ‘यौन दुव्र्यवहारबारे छानबिन गर’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– प्रतिनिधिसभाका तत्कालिन सभामुख कृष्णबहादुर महराद्वारा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि गरेको भनिएको बलात्कार प्रयास प्रकरण सेलाउन नपाउँदै गण्डकी प्रदेशका केही महिला सदस्यले आफूहरुले संसद्भित्रै यौन दुव्र्यवहार भोगिरहनुपरेको घटना सार्वजनिक गरेका छन् । यी सांसदहरुले गरेको खुलासा गम्भीर छ । मुलुकी अपराध संहिता २०७४ अनुसार त्यो सरासर दण्डनीय छ । दोषीमाथि कारबाही भएमा मात्रै उनीहरुले फेरि दुव्र्यवहार गर्ने साहस गर्दैनन् र अरुले पनि यसबाट शिक्षा लिन सक्छन् । 

भ्रष्टाचार न्यूनीकरण सन्दर्भमा विश्वव्यापी ‘अनुभूति सूचकांक’ नेपाल पाँच वर्षभित्र अंक बढाउने ‘महत्वकांक्षी लक्ष्य’सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रणनीति सार्वजनिक गरेको विषयमा अन्नपूर्ण पोस्ट्ले ‘ताप्के नै तान्नुप¥यो’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– नीतिगत भ्रष्टाचार झाँगिँदो छ । अख्यितारको छानबिनको दायराबाहिर पार्न ठेक्कापट्टाका निर्णयसमेत मन्त्रीपरिषद्बाट गराउने रोग सक्किएको छ । भ्रष्टारचार न्यूनीकरणको मामलामा अख्तियार मात्र होइन कार्यकारिणी र संसद् नै तात्नुपर्छ ।

१३ औं दक्षिण एसियाली खेलकुद(साग) ले केही हदसम्म सन्तोष र प्रसन्नता प्रदान गरेको उल्लेख गर्दै नेपाल समाचारपत्रले ‘खेलाडीलाई बधाई’ शीर्षकमा आज सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –आगामी दिनमा खेल क्षेत्रले १३ औं सागमा हासिल गरेको उपलब्धीलाई आधार यसभन्दा बढी सफलता हासिल गर्न सकोस् ।

त्यसैगरी आजको गोरखापत्रले पनि सागको १० दिने प्रतियोगिताका एतिहासिक तवरले सम्पन्न भएको उल्लेख गर्दै ‘ऐतिहासिक सफलता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादीयमा भनिएको छ– खेलकुदले गर्ने राष्ट्रियताको प्रवद्र्धनलाई उच्च महत्व दिँदै साग आबद्ध मुलुकले यहाँका खेलाडीलाई आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गरेर दक्षिण एसियालाई खेलकुदको केन्द्रविन्दु बनाउन सक्छन् र आपसी भाइचारालाई थप उचाइमा पु¥याउन सक्नेछन् । 

नयाँ पत्रिकाले पनि ‘राष्ट्रले गौरव गर्न सक्ने साग’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकारले खेलाडीलाई उनीहरुले पदक पाएपछि मात्र चिन्ने र प्रोत्साहन गर्ने होइन, एक तहअघि आइसकेका खेलाडीका लागि पर्याप्त लगानी गर्न जरुरी छ । 

नेपालको उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नसक्दा व्यापारघाटा बढ्दै गएको उल्लेख गर्दै आजको आर्थिक अभियानले ‘निर्यात रणनीतिको असफलता’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘निर्यात बढ्न नसक्नुमा नेपालले आफ्नो मोलिकपना जोगाउन नसक्नु पनि एक कारण हो । कुनै बेला नेपाली पश्मिनाको माग अत्यधिक थियो,’ सम्पादकीयमा भनिएको छ, ‘तर नेपाली उत्पादनहरुले आफ्नो उत्पादनको मौलिक विशेषता जोगाउन र चिनाउन नसक्दा मेशिनबाट बनेका अन्य देशका पश्मिनाले नेपाली उत्पादनलाई ओझेलमा पारे ।’

कारोबार दैनिकले मुलुकमा सम्पत्ति शुद्धीकरणको विषय पछिल्ला वर्षयता निकै पेचिलो बन्दै गएको र सहकारी क्षेत्रका कारण देखिएको अपारदर्शीताका कारण अप्ठ्योरो अवस्था आउन सक्ने उल्लेख ‘सम्पत्ति शुद्धीकरणका निर्देशन पालना’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘सम्पत्ति शुद्धीकरण प्रयोजनकै लागि सहकारी क्षेत्र प्रयोग भइरहेको हो भने त्यस विषयमा सरकार र अन्य सम्बन्धित नियामक निकायहरु सतर्क हुनैपर्छ,’ सम्पादकीयमा उल्लेख छ । 

नागरिक दैनिकले भान्छाको अपरिहार्य अंग बनेको प्याजको अभावका कारण आकाशिएको मूल्यको विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– अहिले सरदर प्याजको मूल्य प्रतिकिलो २०० भन्दा माथि पुग्नु ज्यादै दुःखद हो । यो स्थिति कसरी आयो, समीक्षा जरुरी छ । ‘मिसन प्याज’मा रहेका त्रुटि र कमजोरी सच्याएर परिस्कृत रुपमा परियोजना सञ्चालन गर्नुपर्ने थियो, अकस्मात बन्द गर्न हुन्थेन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप