केन्द्रीय संस्करण

विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

person explore access_timeमंसिर २५, २०७६ chat_bubble_outline0

घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । 

विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ ।

जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न  विभिन्न प्रकारका विचारगोष्ठी, छलफल र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो, त्यस क्रममा पनि घुसपैठियाले मान्छे पक्राउन छाडेनन् । 

शान्ति प्रक्रियामा आएलगतै काभ्रेको दुर्गम पहाडी बस्ती कामीडाँडामा बैठक र गोष्ठी गरियो । उक्त कार्यक्रममा चीनबाट प्रोफेसर वाङ होङवेइ र भारतीय कम्युनिष्ट पार्टीका एक जना नेता आएका थिए । बैठक चलिरहेको बेला कुनै नेत्रीले फोटो खिचेर कतै पठाइसकेकी थिइन् । 

चिनियाँ प्रेफेसर त समस्यामा पर्ने भएन । तर, भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का प्रतिनिधि भने कामीडाँडा बैठक सिध्याएर फर्किने क्रममा वीरगञ्जबाट अगाडि बढ्दाबढ्दै समातिए । त्यसयता भारतीय माओवादीसँग यताको सम्बन्ध विच्छेद छ भने उनीहरुको आफ्नै बैठक बस्दा १० किलोमिटर परै मोबाइल बन्द गरी एक ठाउँ थुपार्ने अभ्यास छ । 

अहिले भूमिगत रुपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाले यस्ता कुरामा सचेतना अपनाउँदै आफ्ना गतिविधि सञ्चालन गरेको छ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.