गृहमन्त्रीलाई चेम्बरको राहत हस्तानतरण
आइतबार, ०४ भदौ २०७४, १८ : ०२
काठमाडौं – नेपाल चेम्वर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा आइतबार सिंहदरवार गएको चेम्वर प्रतिनिधि मण्डलले गृह मन्त्री जनार्दन शर्मालाई भेटी संकलित राहत सामाग्री हस्तारण गरेको हो ।
वाढीपीडितका लागि राहत संकलन गर्न चेम्वरद्धारा गठित डिजास्टर म्यानेजमेन्ट सेलका संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतको सहभागितामा गएको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो ।
चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान