शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलाहको उत्कृष्ट गोलसँगै लिभरपुल समूह विजेता

बुधबार, २५ मङ्सिर २०७६, ०९ : ०५
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । इङ्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘ई’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई २–० गोलले हरायो । साविक विजेता लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यस समूहबाट उपविजेता बन्दै इटालियन क्लब नापोलीले समूह उपविजेता बन्दै नकअउट चरणमा स्थान बनाएको छ । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि नाबी केइटाले ५७ औँ मिनेटमा खाता खोले । एक मिनेट लगत्यै मोहमद सलाहले गोलगर्दै लिभरपुललाई जिताएका थिए ।

अर्को खेलमा नापोलीले बेल्जियन क्लब जेन्कलाई ४–० गोलले पराजित गर्यो ।

नापोलीको जितमा अर्काडिउस मिलिकले ह्याट्रिक गरे । मिलिकले तेस्रो मिनेटमा खाता खोलेका थिए । उनले २६ औँ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्को गोल डायर्स मार्टेन्सले ७५ औँ मिनेटमा पेनाल्टी मार्फत थपेका थिए ।

समूह ‘ई’ को विजेता लिभरपुलले १३ अङ्क नायो । १२ अङ्क बनाएको नापोलीले पनि उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप