शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा तीज कार्यक्रम भब्य, संकलित रकम बाढी पीडितका लागि धुर्मुस सुन्तलीलाई

आइतबार, ०४ भदौ २०७४, १८ : २१
आइतबार, ०४ भदौ २०७४

विजय थापा


वाशिंगटन डिसी – बिगत बर्ष झैँ यस बर्ष पनि महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्सोउल्लास साथ सम्पन्न भएको छ । 

सधैंभरि अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठुलो क्षमता भएको कार्यक्रम स्थलमा कार्यकम गरिएको थियो । 

अमेरिका मै जन्मेका, नेपाली बोल्न सिक्दै गरेका र नेपाली पाठशाला पढ्दै गरेका दोश्रो पुस्ताका नेपाली बालिकाहरुले तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । यसका साथै डिसी महानगर क्षेत्रका छेउ छाउका शहरबाट आएका समुह ,व्यक्तिगत तथा सामुहिक रुपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए  । 

अधिकांश चेलीबेटीहरु तीजका गीतहरुमा मनोरंजन गर्दै नृत्यमा मस्त देखिन्थे । कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदनको बिशेष सहयोगमा आयोजना गरिएको  थियो । 


कार्यक्रममा कुनै भाषण र मन्तब्य नराखी संस्थाकी अध्यक्ष कमला खरेलले सवैलाई स्वागत गर्दै नयाँ सदस्य बन्नेहरुलाई संस्थामा स्वागत गरेकी थिइन् । अध्यक्ष खरेलले देशमा बाढी पिडितको लागि जे जति रकम संकलन हुन्छ त्यो पैसा धुर्मुस सुन्तली मार्फत पठाउने बताईन । 

डिसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउदै आएको छ ।

कार्यक्रममा बालबालिकाहरुको लागि बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो । दर्जनौं महिलाहरुले बिगत बर्ष झैँ एकै प्रकारका पोशाक लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरु पनि नेपाली पोशक दौरा सुरुवालमा आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप