शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

बुधबार, २५ मङ्सिर २०७६, १२ : ३८
बुधबार, २५ मङ्सिर २०७६

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिए । 

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको छ । उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा  हात्तीको आक्रमणमा परेका थिए । 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए। 

उनले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप