शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा खेलाडीलाई बधाई

बुधबार, २५ मङ्सिर २०७६, १३ : ५८
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । 

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छिन् । साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छिन् । 

राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप