केन्द्रीय संस्करण
अन्तरवार्ता

‘जनवाद भनेकै पुँजीवाद हो’

के हो वैज्ञानिक समाजवाद, कसरी पुगिन्छ साम्यवादमा ? : डा. बेदुराम भुसालको अन्तरवार्ता

person explore access_timeमंसिर २५, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले पार्टी विधान संशोधन गर्नेलगायत महत्त्वपूर्ण निर्णय गर्यो । जुन निर्णयपछि नेकपाको राजनीतिक प्रतिवेदन र विधानमा एकरूपता हुनुपर्छ भन्ने मागको सम्बोधन गर्ने नेता कार्यकर्ताको विश्वास छ ।

यसमार्फत नेकपाले वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य राखेको छ । वैज्ञानिक समाजवाद भनेको के हो ? समाजवादमा पुग्न के गर्नुपर्छ ? अहिले नेपाली समाजको चरित्र कस्तो छ र नेकपा हिँडिरहेको बाटोबाट सामजवाद हुँदै साम्यवादसम्म पुग्न सकिएला त ? स्थायी समिति सदस्य तथा नेकपाका नेताडा. वेदुराम भुसालसँग रातोपाटीका लागिफणिन्द्र नेपालले जान्न चाहेका छन् । प्रस्तुत छ भुसालसँगको कुराकानी :

नेकपाको सचिवालय बैठकले आफ्नो विधान संशोधन गर्ने निर्णय गरेको छ । अहिलेसम्म अलमलजस्तो रहेको (नेकपा) को कार्यदिशा अब चाहिँ प्रस्ट पार्न खोजिएको हो ?

यसअघि नेकपाको कार्यदिशा प्रस्ट नभएको होइन, प्रस्टै थियो । यद्यपि विधानको प्रस्तावनामा प्रतिवेदनमा राखिएको भन्दा फरक भाषा थियो । त्यही भाषालाई सच्याउनुपर्छ भन्ने सचिवालयको पछिल्लो निर्णय हो । त्यसैले राजनीतिक प्रतिवेदन र विधानमा एकरूपता भएन यसमा एकरूपता हुनुपर्छ भन्ने भनाइ रहँदै आएको थियो । हामीले खासगरी जनताको जनवाद भनेका छौँ, जो त्यहाँ (विधानमा) राख्दा प्रतिवेदनमा भन्दा फरक ढङ्गले राखिएकाले यसलाई सच्याउनुपर्छ भन्ने यसअघिको स्थायी कमिटीले बनाएको कार्यदलबाट एउटा सुझाव पनि प्रस्तुत गरिएको थियो । तदनुरुप नै विधान संशोधनको कुरा अघि बढाउने भनेर भनिएको हो ।

अब नेकपा वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने भनिएको छ । यो भनेको के हो ? जनताले बुझ्ने भाषामा बताइदिनुस् न ?

यसमा पहिला समाजवाद अनि बैज्ञानिक समाजवाद भनेको के हो भनेर बुझ्न जरुरी छ । समाजवाद भनेको समतामूलक समाज निर्माण गर्ने विचार हो । जुन विचार धेरै लामो समयदेखि चलिआएको विचार पनि हो । त्यो विचारको विकसित रूप हो वैज्ञानिक समाजवाद । समाजमा अनेकौँ खालका विभेद र भिन्नता छन् । वर्गीय विभेद धनी र गरिबबीचको विभेद छ । त्यस्तै जातीय विभेदहरु छन् । धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेद छन् । यी विभेद नभएको समाज बनाउनुपर्छ र यो अवस्थालाई समाजवाद भन्ने हो ।

समाजवादका पनि दुईवटा धारा छन् । एउटा प्रजातान्त्रिक समाजवाद धारा छ, जसले स्वतन्त्रताको कुरा धेरै गर्छ, समानताको कुरा कम गर्छ । अर्को वैज्ञानिक समाजवाद छ, जसले स्वतन्त्रताले मात्रै पुग्दैन समानतासहितको स्वतन्त्रता चाहिन्छ भन्छ । समानतासहितको स्वतन्त्रताको पक्षपोषण गर्ने नै वैज्ञानिक समाजवाद हो । हामी अर्थात नेकपाले भनेको वैज्ञानिक समाजवाद त्यो किसिमको हो ।

*****

नेकपाले भनेको समाजवाद कस्तो हो ? काँग्रेसले भनेको समाजवाद कस्तो हो ? भनेर भनिएकाले नेकपाले भनेको समाजवाद चाहिँ वैज्ञानिक समाजवाद हो है भनेर प्रस्ट पार्न खोजिएको हो । समाजवाद भन्ने त हाम्रो विधानमा पहिला पनि थियो । तर बीचमा प्रश्न उठ्यो नेकपाले भनेको समाजवाद कस्तो हो त ? नेकपा र काँग्रेसको समाजवादमा के भिन्नता हो त ? भनेर प्रश्न उठिसकेपछि हामीले भनेको समाजवाद यो हो है भनेर प्रस्ट पार्न खोजिएको हो ।

*****

नेपालको संविधानमै समाजवाद लेखिएको छ । फेरि किन पार्टी विधान वा कार्यदिशामा यो कुरा लेख्नुपर्यो त ?

हो, नेपालको संविधानमै समाजवादउन्मुख व्यवस्था सिर्जना गर्ने भनियो । त्यति मात्रै होइन संविधानको प्रस्तावनामा के भनियो भने समाजवादप्रति प्रतिबद्ध हँुदै समृद्ध मुलुक निर्माण गर्ने पनि भनिएको छ ।

संविधानले कुन चाहिँ समाजवादप्रति प्रतिबद्ध हुने भनेको हो ?

हो, यसमा प्रश्न उठिरहेको छ । नेकपाले भनेको समाजवाद कस्तो हो ? काँग्रेसले भनेको समाजवाद कस्तो हो ? भनेर भनिएकाले नेकपाले भनेको समाजवाद चाहिँ वैज्ञानिक समाजवाद हो है भनेर प्रस्ट पार्न खोजिएको हो । समाजवाद भन्ने त हाम्रो विधानमा पहिला पनि थियो । तर बीचमा प्रश्न उठ्यो नेकपाले भनेको समाजवाद कस्तो हो त ? नेकपा र काँग्रेसको समाजवादमा के भिन्नता हो त ? भनेर प्रश्न उठिसकेपछि हामीले भनेको समाजवाद यो हो है भनेर प्रस्ट पार्न खोजिएको हो ।

कसरी आउँछ त नेपालमा समानता सहितको स्वतन्त्रता ? समानता कहाँ र केकेमा भनिएको हो ?

यसमा पहिलो कुरा आर्थिक समानता हुनुपर्छ । धनी र गरिब बीचको खाडल जुन छ, यो खाडल मेटाउँदै जानुपर्छ । यो एकैचोटि आउने कुरा होइन । रातारात हुन्छ भन्ने पनि होइन क्रमशः गर्दै जाने हो । जब त्यो समानता पूर्णरूपमा हुन्छ तब त्यो साम्यवाद हो फेरि । मार्क्सवादमा परिवर्तन सम्बन्धी प्रक्रिया छ । त्यो प्रक्रिया कस्तो हो भने परिवर्तनको प्रक्रिया मात्रा मात्रा मात्रा मात्रै हुँदै अघि बढ्छ र एउटा निश्चित विन्दुमा पुगेपछि मात्रै गुणात्मक फड्को मार्छ र अर्को चरणमा जान्छ । जनवादको विकासबाट समाजवाद र समाजवादको विकासबाट साम्यवादमा पुग्ने सिलसिला हुन्छ ।

*****

नेपालमा जनवादको चरित्र अलि फरक छ । जनवादका दुईवटा रूप छन् । तर हाम्रोसमेत जोड्ने हो भने तीनवटा हुन्छन् । दुईवटा मध्ये एउटा भारतमा भएको जनवादलाई लिन सकियो अर्को चीनको जनवाद । भारतमा भएको जनवाद स्वछन्द प्रकृतिको छ, जुन समानताको दिशामा उन्मुख छैन । चीनमा भएको जनवादमा स्वतन्त्रताको कमी छ । भारतमा भएको जनवादमा समानताको कमी र असमानताको खाडल ठूलो छ ।

*****

अहिले हामी कहाँ छौ त ?

अहिले हामी जनवादको चरणमा छौँ । जनवादको चरणमा आधारित भएर अगाडि बढ्छौँ, समाजवादमा हुँदै वैज्ञानिक समाजवादमा पुग्छौँ । वैज्ञानिक समाजवादलाई अँगाल्दै पूर्ण समानताको समाजमा जब पुग्छौँ, त्यतिबेला साम्यवादमा पुगेका हुन्छाँै । यो सिलसिलाबाट जाने कुरालाई सिलसिला मिलाएर नेकपाले आफ्नो विधानमा राख्न लागेको हो ।

नेकपाको लक्ष्य साम्यवाद भयो । नेपालमा जनवादको चरित्र अहिले कस्तो छ । त्यो चरित्रले लिने समय या अवधिबारे तपाईंको धारणा के छ ?

नेपालमा जनवादको चरित्र अलि फरक छ । जनवादका दुईवटा रूप छन् । तर हाम्रोसमेत जोड्ने हो भने तीनवटा हुन्छन् । दुईवटा मध्ये एउटा भारतमा भएको जनवादलाई लिन सकियो अर्को चीनको जनवाद । भारतमा भएको जनवाद स्वछन्द प्रकृतिको छ, जुन समानताको दिशामा उन्मुख छैन । चीनमा भएको जनवादमा स्वतन्त्रताको कमी छ । भारतमा भएको जनवादमा समानताको कमी र असमानताको खाडल ठूलो छ । चीनमा भएको जनवादमा स्वतन्त्रताको कमी छ । चीनमा स्वतन्त्र निर्वाचन हँुदैन । जनताले सरकार सञ्चालन गर्ने प्रतिनिधि छान्न पाउँदैनन् । नियन्त्रित हुन्छ । अब नेपालमा समावेशी लोकतन्त्र भनेका छौँ । विभिन्न जाति जनजाति, पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग समेतलाई प्रतिनिधित्व गराउने गरी जुन व्यवस्था गरेका छौँ यो व्यवस्था चीनमा पनि छैन, भारतमा पनि छैन । त्यसैले यो नेपाली विशेषताको जनवाद हो, जब कि स्वतन्त्रता र समानताको अलि बढी सन्तुलन भएकाले हो ।

समानता र स्वतन्त्रताको फ्युजनभन्दा हुन्छ ?

फ्युजन होइन, सन्तुलन भन्नुपर्छ । यो खालको जनवादमा हामी छौँ र यो नेपाली विशेषताको जनवाद हो । यो विशेषताको जनवाद अन्त कतै पाउनुहुन्न । हिजोको रुस, अमेरिका, चीन, भियतनाम, बेलायत भारत अरू कुनै पनि ठाउँमा पाइँदैन ।

तपाईंको भनाइमा जनवादको चरण परिपक्व नभई समाजवादमा फड्को मार्न सम्भव छैन । कि त्यो चरण पार नगरी पनि समाजवादमा फड्को मार्ने अद्भूत सूत्र या जादु केही देख्नुहुन्छ ?

त्यस्तो जादु या सूत्र छैन । हामीले भनेका पनि छैनौँ । हाम्रो अहिलेको तात्कालिक  कार्यदिशा जनताको जनवाद हो । त्यो भनेको नेपाली विशेषताको अघि मैले भनेको किसिमको हो । यो जनवादको आधार हामीले तयार गरेका छौँ ।

*****

अब राजनीतिक आधारमा टेकेर आर्थिक, सामाजिक र सांस्कृतिक आधार बनाउनुपर्यो । त्यो आधार नै समाजवादको आधार हो । हाम्रो पार्टीले अहिले भनेको पनि त्यही हो, जो समाजवादको आधार तयार गर्ने । संविधानले भनेको चाहिँ समाजवादप्रति प्रतिबद्ध हुने र समाजवाद उन्मुख समाज बनाउने भनेको छ । यता नेकपाले चाहिँ समाजवादका आधार तयार गर्ने । त्यसका निम्ति अहिले हामीले जनताको जनवाद तात्कालिक कार्यक्रम कार्यदिशा हो । हो, यसैलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने भनिएको हो ।

*****

नेपालमा जनवादको आधार तयार भइसकेको हो ? हो भने केके कुराले पुष्टि गर्छ ?

जनवादको आधार तयार भइसकेको छ । यसमा तपाईंले मलाई दार्शनिक बहसमा तान्न खोज्दै हुनुहुन्छ । यसैमा क्रान्ति भनेको के भन्ने बुझ्नुपर्छ । क्रान्तिको प्रमुख कार्यभार राज्यसत्ताको हस्तान्तरण हो भनेका छन् कालमार्क्सले । हामीले पनि मार्क्सवादी पार्टी भनेका छौँ । कालमार्क्सले ‘दर्शनको दरिद्रता’ भन्ने किताब लेखेका छन् । त्यसमा उनले क्रान्ति के हो भन्ने चर्चा गरेका छन् । जसमा क्रान्तिको प्रमुख कार्यभार सत्ताको हस्तानतरण भन्ने मुख्य कुरा छ । अब नेपालको हकमा राजनीतिक सत्ताको हस्तानतरण भयो कि भएन त भन्दा भयो । त्यसकारण नेपालमा समाजवादको राजनीतिक आधार तयार भयो भनेर मैले भनेको हो ।

योसँगै आर्थिक, सामाजिक र सांस्कृतिक आधार आवश्यक छैन ?

 त्यही भएर मैले राजनीतिक आधार मात्रै तयार भयो भन्दैछु म । अब राजनीतिक आधारमा टेकेर आर्थिक, सामाजिक र सांस्कृतिक आधार बनाउनुपर्यो । त्यो आधार नै समाजवादको आधार हो । हाम्रो पार्टीले अहिले भनेको पनि त्यही हो, जो समाजवादको आधार तयार गर्ने । संविधानले भनेको चाहिँ समाजवादप्रति प्रतिबद्ध हुने र समाजवाद उन्मुख समाज बनाउने भनेको छ । यता नेकपाले चाहिँ समाजवादका आधार तयार गर्ने । त्यसका निम्ति अहिले हामीले जनताको जनवाद तात्कालिक कार्यक्रम कार्यदिशा हो । हो, यसैलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने भनिएको हो ।

यसका लागि गर्नुपर्ने अनिवार्य काम चाहीँ केके हुन् त ?

आर्थिक आधारहरु बलिया बनाउने, सामाजिक र सांस्कृतिक आधार मजबुत बनाउने । समाजमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पक्ष हुन्छन् । त्यसमध्ये पनि अहिले हामीकहाँ राजनीतिक आधार छ । यो पनि हामीले निकै लामो लडाइँ गरेर तयार गरेका हौँ ।

तर यो राजनीतिक आधार अनुरूपका सामाजिक, आर्थिक, सांस्कृतिक आधार तयार भए या भएनन् त भन्दा म तपाईंसँग सहमत छु ती आधार तयार छैनन् । अब त्यही तयार गर्ने हो । आजको हाम्रो, पार्टीको र सरकारको मूल काम भनेको आर्थिक, सामाजिक र सांस्कृतिक आधार तयार गर्ने हो ।

ती आधारहरु तयार गर्नसक्नुहुन्छ त अब ?

तयार गर्न सक्यौँ, हामीले समाजवादतर्फ अघि बढ्यौँ, सकेनौँ असफल हुन्छौँ ।

त्यसो भए समाजवादतर्फको हिँडाइ लक्ष्य भेटाउने किसिमको देख्नुहुन्छ ?

अहिलेसम्मको हिँडाइ धिमा छ, मन्द गतिमा छ । म यो गतिसँग सन्तुष्ट छँदैछैन ।

यो गतिले पुगिदैन ?

पुग्न त कछुवाको चालमा हिँड्दा पनि दिशा ठीक छ भने पुगिन्छ । तर कहिले पुग्ने भन्ने मात्रै हो । तीव्र गतिमा हिँडे चाँडो पुगिन्छ, धिमा हिँडे ढिलो हुन्छ । कुरा यति मात्रै हो । दिशा उल्टो छ भने जति चाँडो दौडे पनि पुगिन्न ।

दिशा सही पक्रेको छ त ?

दिशाका बारेमा म अहिले ठिकै छ भन्नेमा छु । गति चाहिँ तीव्र छैन ।

*****

असमानताको खाडल बढ्दै गयो भने गलत बाटोमा गयो भनेर बुझ्नुपर्छ । यसमा कुनै भ्रम पाल्नु हुँदैन कि नेकपाले नेतृत्व गरेको छ, त्यसकारणले समाजवाद हो भन्ने हँुदैन । व्यवहार के गरिएको छ भन्नेमा समाजवादको निर्धारण हुन्छ । व्यवहार उल्टो गर्ने अनि सुल्टो बाटो हिँडेका छौँ भनेर दाबी गर्न मिल्दैन । राष्ट्रिय चरित्रको पुँजीवादको विकास नगरी समाजवादमा जान सकिन्न ।

*****

क्रान्तिको कुरा गरिहाल्नुभयो । यो क्रान्तिको चरणबद्ध विकासका क्रममा तपाईंले अघि भन्नुभयो, नेपाल जनवादको चरणमै छ । त्यसपछि समाजवाद र साम्यवाद । के पुजीँवादको चरण पार भइसकेको हो त ?

जनवाद भनेकै पुँजीवादको चरण हो । यसमा कुनै भ्रम छैन । त्यो कस्तो खालको पुँजीवादी चरण भन्ने मात्र फरक हो ।

कस्तो खालको पुजीँवाद चाहिँ जनवाद हो त ?

पुरानो खालको पुँजीवादी चरण, जो स्वच्छन्द पुँजीवादी विकासको बाटोमा जान्छ । अर्को नयाँखाले पुँजीवादी जनवादी चरण, जो समाजवादतर्फको दिशा तय गर्छ । त्यसलाई वैज्ञानिक समाजवाद भनिन्छ । नेपालका कम्युनिस्टहरुको इतिहास अध्ययन गर्दा नोपल कम्युनिस्ट पार्टीको आन्दोलनको सुरुवात क्रान्तिकारी नागरिक स्वतन्त्रता बनाउ भन्नेबाट भएको हो । यो अहिले हामीले आएर गर्यौँ भन्ने होइन । नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा २०१० सालको वैशाख १० गते पारित पहिलो दस्तावेज हो त्यो । २००८ सालमा नेकपाको पहिलो सम्मेलनले पारित गरेको दस्तावेज हर्नुभयो भने त्यहाँ बहुदलीय व्यवस्था, समानुपातिक प्रतिनिधित्व लगायतका कुरा त्यहीँ छन् । त्यसलाई हामीले बीचमा छोडेका थियौँ । खासगरी चीनको सांस्कृतिक क्रान्तिबाट जब प्रभावित भयौँ, त्यसबेला हामीले ती पुराना कुरा छोडेका थियौँ । पछि आएर समात्यौँ । एमालेले जनताको बहुदलीय जनवाद भन्यो भने माओवादीले एकाइसौँ सताब्दीको विकास भन्यो । यस्तै यस्तै ढङ्गले आउने क्रममा अहिले हामीले त्यो पुरानो मोडललाई जोड्न खोजेका छौँ । नेपाल कम्युनिस्ट आन्दोलनमा पहिलेदेखि नै लोकतान्त्रिक मूल्यमान्यतालाई अवलम्बन गरेर जानुपर्छ भन्ने अवधारणाको विकास भएको थियो । त्यो हुनुको कारण यहाँ हामीले जनवादी अधिकारका लागि लड्नुपर्ने थियो । यहाँ निरङ्कुशतावादी शासन व्यवस्था थियो । राण शासन त्यसपछि पञ्चायत थियो । त्यसका निम्ति नागरिक अधिकारका लागि लड्नुपर्ने भयो । यसरी फरक खालले कम्युनिस्ट व्यवस्थालाई लोकतान्त्रिक मूल्य मान्यतालाई अवलम्बन गर्ने प्रयत्न र अभ्यास गर्यौँ । यस क्रममा त्यही खालको राजनीतिक व्यवस्थापन अहिले गर्न गइरहेका छौँ । जस्तो संविधान बनाउनेदेखि आफ्नो पार्टीका दस्तावेजहरुमा ती कुरा राखिएका छन् । लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद । यसले गर्दा अहिले राजनीतिक अधिकार हाम्रो आफ्नै विशेषता अनुसारको जनवादी राजनीतिक व्यवस्थाको स्थापना गर्यौँ । त्यो आधार बनायौँ । त्यो आधार अनुरूपको आर्थिक सामाजिक सांस्कृतिक आधार तयार पार्ने काम बाँकी नै छ । त्यसमा अब केन्द्रित हुने हो । त्यो आधार बनेपछि बल्ल वैज्ञानिक समाजवादमा जाने हो ।

हाम्रो समाज, राजनीतिक दल र व्यक्तिको चरित्र हेर्दा त्यो लक्ष्य पूरा हुने देखिँदैन ?

त्यो समस्या जहाँ पनि हुन्छ । परिवर्तन गर्नसक्नुपर्छ । यसमा भूमिका राजनीतिक दलकै हुन्छ । यदि त्यो गर्न नसके असफल होइन्छ । त्यसपछि यो गर्न नचाहने शक्तिको हातमा जान्छ ।

तपाईं एउटा जिम्मेवार दलको नेता पनि हुनुहुन्छ । के प्रयास हुँदैछ सुधारका लागि ?

अघि मैले भनेको गति पर्याप्त छैन भनेको कुराभित्र यसको जवाफ छ । अहिलेको गतिले त्यो दिशामा हामी पुग्दैनौँ । गाह्रो हुन्छ । गति भनेको व्यवहार पनि हो । गति बढाउने भनेको पहिला हामी कसरी अघि बढ्ने भन्नेमा सघन छलफल हुनुपर्छ । हामी यसो गर्छौं भनेर मात्र हुँदैन । वैज्ञानिक समाजवादमा जाने त भन्याँै तर त्यसमा केके गरेर जाने भन्ने त हुनुपर्यो नि । केके गर्दा समाजवादको आधार तयार हुन्छ त ? त्यो हुनुपर्छ । त्यो खाका पर्याप्त छैन । राजनीतिक प्रतिवेदनमा केही कुरा छन् तर ठोस रूपमा यो यो गर्ने भनेर १, २, ३ भनेर भन्न सक्नुपर्छ । दोस्रो नेपालमा हामीले नेपाली विशेषता अनुरूपको वैज्ञानिक समाजवाद निर्माण गर्ने भनिरहेका बेला नेपाली विशेषताको समाजवादमा केके हुन्छ त ? तत्काल गर्ने, दीर्घकालमा गर्ने कामबारे प्रस्ट हुन जरुरी छ । त्यो तय गरेपछि पार्टीको नीतिलाई सरकारको नीतिमा बदलेर कार्यान्वयन गर्न सक्नुपर्छ ।

त्यसपछि केही नेता परिचालित भएर पुग्दैन । सिङ्गो पार्टीपङ्क्ति परिचालन हुनुपर्छ । सिङ्गो पार्टीमा छलफल गरेर, बहस गरेर, सामूहिक निर्णयसँगै निष्कर्ष निकाल्नुपर्छ । आठ लाख पार्टी सदस्यहरु एकाकार भएर हिँड्नुपर्छ । अहिले त ३२ लाख पुर्याउने कुरा छ । ती सबै एक हुनुपर्छ । सँगसँगै पार्टी शक्तिभन्दा बाहिरका प्रशासनिक शक्ति पनि परिचालन हुनुपर्छ । जनशक्ति, राजनीतिक शक्ति र राज्यशक्ति पनि परिचालन भएपछि बल्ल गति ठीक हुने हो ।

नेपालले अहिले अपनाइरहेको अर्थ व्यवस्थाको चरित्र पुँजीवादी या समाजवादी कस्तो हो ?

पुँजीवादी हो । त्यसमा दुई मत नै छैन । पुँजीवादपछि समाजवादमा जाने हो । पुँजीवादको चरण बढ्दै गयो भने असमानताको खाडल बढ्दै जान्छ । त्यसको अर्को बाटो असमानताको खाडललाई कम गर्दै जाने नै हो ।

असमानताको खाडल बढिरहेका बेला समानताका लागि बनिरहेको खाल्डो पुर्ने उपाय के छन् ?

असमानताको खाडल बढ्दै गयो भने गलत बाटोमा गयो भनेर बुझ्नुपर्छ । यसमा कुनै भ्रम पाल्नु हुँदैन कि नेकपाले नेतृत्व गरेको छ, त्यसकारणले समाजवाद हो भन्ने हँुदैन । व्यवहार के गरिएको छ भन्नेमा समाजवादको निर्धारण हुन्छ । व्यवहार उल्टो गर्ने अनि सुल्टो बाटो हिँडेका छौँ भनेर दाबी गर्न मिल्दैन । राष्ट्रिय चरित्रको पुँजीवादको विकास नगरी समाजवादमा जान सकिन्न । अहिले हामी भर्खर भर्खर पुँजीवादमा प्रवेश गरेका छाँै । सामान्य हिसाबले औद्योगिक, सामूहिक उत्पादन प्रणालीको सुरुवात भएको लामो समय भइसकेको छ । तर त्यसलाई समन्तवादी राज्य व्यवस्थाले जकडेर राखेको थियो । त्यसबाट मुक्त भएपछि हामीले संविधान बनाउन एक दशक लगायौँ । संविधान बनाउन एक दशक लाग्नै नपर्ने हो । यसले नै हाम्रो गति धिमा छ भन्ने बुझाउँछ । संविधान बनाइसकेपछि र यो सरकार बनेपछिको व्यवहार हेर्ने हो । यसमा करिब २ वर्षको अवधि हेर्दा हामीले चाहेको समयमा र चाहेको दिशामा पुग्न सक्दैनौँ ।

फरक प्रसङ्गमा जाऊँ । दुई पार्टी एक भएपछि अहिले अध्यक्षहरुको कार्यविभाजन पनि भयो । बैठकहरु पनि धमाधम बस्न थाले । के अब नेकपाको स्पिड बढेको हो ?

यसका लागि व्यवहार हेर्नुपर्छ । किनभने विचार भन्दा व्यवहार प्रधान हुन्छ । द्वन्द्ववादी समाज यसैलाई भन्छन् । नेताहरुको दुई अध्यक्ष्लाई कार्यविभाजन गरेर एउटा एउटा जिम्मेवारी लिनुस् सम्पादन गर्नुस् भन्ने सुझाव थियो । यसमा कमसेकम निर्णय भएको छ, यो सकारात्मक हो । निर्णपछिका सन्दर्भमा एकाध बैठकहरु पनि भए भन्दैमा हौसिहाल्ने पक्षमा म छैन । उहाँहरु त्यसरी नै अघि बढ्नुस्, हाम्रो चाहाना र सुझाव छ । उहाँहरुले राम्ररी चलाउन सक्नुभयो भने राम्रो गर्नुभयो भन्ने हो । नत्र नराम्रो भयो भन्ने काम हाम्रो हो ।

नराम्रो भयो भने यो चाहिँ भएन है भनेर अध्यक्षहरुलाई भन्ने तपाईंहरुको हिम्मत छ ?

किन भन्दैनौँ भन्छौँ ।

तर दुई नेतालाई लागेको कुरामा अरूलाई हल्लाउने गरिन्छ भनेर गुनासो पनि त सुनिन्छ नि ?

उहाँहरुले आफ्नो इच्छामा मात्रै चल्न खोज्नुभयो भने असफलताबाहेक केही भोग्नुहुन्न ।

नेतृत्वको व्यवहार, कार्यकर्ताको अपेक्षा र पार्टीले अँगालेको नीतिबीच तालमेल मिलेको जस्तो लाग्छ तपाईंलाई ?

यसमा समस्या छ । तपाईंको प्रश्नको जवाफ ‘यस अर नो’ भन्ने अवस्था छैन । यो गतिमा मात्रै हिँडेर जनताको अपेक्षा पूरा हुँदैनन् । यसमा आफैले आत्ममूल्याङ्कन र आत्मसमीक्षा गर्ने हो । अरू विकल्प नै छैन । यदि त्यसो गर्न सकिएन भने असफलतामा पुग्ने हो ।     

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.