शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनमोहन स्मृति कप: सुदूरपश्चिमको टोली घोषणा

बुधबार, २५ मङ्सिर २०७६, १४ : २९
बुधबार, २५ मङ्सिर २०७६

बैतडी । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो । 
 
कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेट किपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

यसैबीच एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका चार खेलाडी परेका छन् । खड्क, दीपक र गजेन्द्र अन्तिम १४ मा पर्नुभएको छ भने वीरेन्द्र वैकल्पिक खेलाडीका रुपमा टिममा परेका हुन् । 

आगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेशियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार पाउनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप